नयाँबजारबाट सुनको सिक्री लुट्ने २ भारतीय महिला पक्राउ
पाेखरा | चैत २७, २०८०
पोखरा: कास्की प्रहरीले घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेकी छिन् ।
प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका–३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भागेकी थिइन् ।
त्यसपछि प्रहरीलाई प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो ।
सो विषयमा थप अनुसन्धान भइरुहेको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

